चीनको व्यापार वृद्धि तीव्र « Khabarhub

चीनको व्यापार वृद्धि तीव्र


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति लिएको हो । भन्सारको सामान्य प्रशासनका अनुसार अगस्टमा चीनको निर्यात २५ प्रतिशतले बढेको छ ।

जुलाईमा यस्तो वृद्धि २३.९ प्रतिशत थियो । आयात पनि २८.२ प्रतिशतले बढेको छ । यो जुलाईको २७.५ प्रतिशतभन्दा बढी हो । घरेलु आर्थिक गतिविधि सुस्त भइरहेका बेला बलियो बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि महत्त्वपूर्ण आधार बनेको छ । जनवरीदेखि अगस्टसम्म कम्प्युटर तथा सम्बन्धित सामग्रीको निर्यात मूल्य ४९.४ प्रतिशतले बढेको भन्सार तथ्याङ्कले देखाएको छ ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेइ झाङले चीनले अर्थतन्त्रलाई सहयोग गर्न निर्यातमा निर्भरता कायम राखेको बताए । तर प्रमुख व्यापारिक साझेदारसँग बढ्दो व्यापार अधिशेष राजनीतिक विषय बन्दै गएको उनले उल्लेख गरे । अमेरिकातर्फ चीनको निर्यात अगस्टमा ३४.४ प्रतिशतले बढेको छ ।

जुलाईमा यस्तो वृद्धि १७ प्रतिशत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै महिना हुने अपेक्षित शिखर बैठकअघि व्यापारसम्बन्धी यो तथ्याङ्क सार्वजनिक भएको हो । गत वर्ष ट्रम्प प्रशासनले व्यापक भन्सार शुल्क लगाएपछि अमेरिका–चीन व्यापार सम्बन्धमा तनाव बढेको थियो ।

दुर्लभ खनिजको आपूर्ति चीनले सीमित गरेपछि दुवै देशले एकअर्काका वस्तुमा लगाएका उच्च शुल्क गत वर्षको अन्त्यतिर अस्थायी रूपमा खुकुलो पारिएका थिए । यसअघि विश्वव्यापी व्यापारमा उतारचढावका बाबजुद चीनले गत वर्ष ११० खर्ब अमेरिकी डलरको कीर्तिमानी व्यापार अधिशेष हासिल गरेको थियो । युरोपेली सङ्घ (इयु), दक्षिणपूर्वी एसिया र अफ्रिकातर्फको निर्यात वृद्धिले अमेरिकातर्फको निर्यातमा आएको गिरावटको प्रभाव कम गर्न मद्दत गरेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ५ : ३० बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका