विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज जेठ २५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ।

खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् ।

घटनाको थप विवरणहरू सार्वजनिक हुन बाँकी छ ।

ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता

चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

‘हिजो साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद भएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ।
‘विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको छ ।

ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा थुप्रै विमानहरू गुमाएको छ। सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो।

उक्त दुर्घटनाको आधिकारिक अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन।

क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन

क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन । उनीहरूले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् ।

उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् ।

कांग्रेसले पनि यसको आलोचना गरेको छ । इन्दिरा गान्धीको हत्यालाई क्यानडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ । विदेशमन्त्री एस जयशंकरले पनि क्यानडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए।

कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दै भने, ‘यो पक्ष लिने कुरा होइन तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो।’
कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् ।

चीनले भन्यो- ‘महासागर जापानको निजी ढल होइन’

चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ।

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्।

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानिरहित भएको दाबी गर्दै त्यसलाई समुद्रमा विसर्जन गर्नु न्यायोचित भएको गर्दै त्यसलाई एकमात्र विकल्प भन्दै आएको छ तर तथ्यहरूले अन्यथा प्रमाणित गरेको उनले बताए।

जापानी मिडियाका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीद्वारा हालै जारी गरिएको एक प्रतिवेदनमा फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्काशन हुनने पानी जापानको खाद्य सुरक्षा कानुनमा तोकिएकोस्तरभन्दा अधिक रहेको उल्लेख छ।

“अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो प्रश्न सोधिरहेका छन्, यदि आणविक केन्द्रबाट दूषित पानी जापानले भनेजस्तै सुरक्षित थियो भने उसले किन त्यसलाई आफ्नै देशका तालतलैयामा नछाडेर सुरुङमार्गमार्फत समुद्रमा किन विसर्जन गरेको हो ?” प्रवक्ता वाङले प्रतिप्रश्न गर्दै जापानले सुमद्रलाई निजी ढलका रुपमा प्रयोग गरेको बताए। सस्तो विकल्प रोज्दा त्यस गरिएको उनको आशय थियो।

इरानको पहिलो हाइपरसोनिक मिसाइल प्रक्षेपण

इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ।

यो मिसाइलको गति ध्वनि भन्दा १५ गुणा बढी रहेको छ। यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ। मिसाइलको नाम फतेह हो। राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो। यो पूर्णतया इरानमा निर्मित छ।

इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन्। इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ। तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ।

मिसाइलको गति सीमा म्याच १५ मच (५,१४५ मिटर वा १६,८८० फीट प्रति सेकेन्ड) छ। यो यसको फायरपावर १४०० किमी छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले यसलाई फतेह नाम दिएका छन्।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा वा बढीमा यात्रा गर्छन्। फतेह कुनै पनि राडारमा समातिने छैन। फतहलाई अन्य कुनै मिसाइलले नष्ट गर्न सकिँदैन किनभने यो फरक दिशामा र विभिन्न उचाइमा यात्रा गर्दछ।

आईआरजीसी एयरोस्पेस प्रमुख अमीर अली हाजिजादेहले गत वर्ष नोभेम्बरमा इरानी क्षेप्यास्त्र प्रविधिका पिता भनेर चिनिने हसन तेहरानी मोगद्दमको पुण्यतिथिमा हाइपरसोनिक मिसाइलको विकासको घोषणा गरेका थिए।

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ।

टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो।

कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथि गोली हानेका थिए। उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाइएको छ।

बीवीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शीर्ष नेताहरूको नजिक थिइन् । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगाइदै आइएको थियो।

उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरू सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ।

सुश्री क्यावको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो।

सीएनएनको सीईओबाट क्रिसको राजीनामा

अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन्।

न्यूयोर्क पोस्टका अनुसार सीएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएको राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन्। लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए।

उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सीएनएनबाट अचानक राजीनामा दिनु परेको हो। वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिए भने सीएनएनमा उनीहरुसँग काम गर्न पाएको गर्व गरेको पनि भन्न छुटाएनन्। तर, उनले नेटवर्कका केही दिग्गज कर्मचारीहरूको विरोधको भने उनले चुनौती सामना गरिरहनु परेको बताइएको छ।

उनको यो राजीनामा सीएनएनका लागि ठूलो झटका हो। लिच्टको राजीनामा यस्तो समयमा आएको छ, जब सीएनएनले धेरै चुनौतीहरूको सामना गरिरहेको छ। हालका वर्षहरूमा नेटवर्कको दर्शक र अनलाइन पाठकको पनि संख्या घटेको छ। सीएनएनका प्रतिद्वन्द्वीहरू फक्स न्यूज र एमएसएनबीसी सीएनएनलाई क्रमशः छाडेर अगाडी बढिरहेको अवस्था थियो।

उनी सीएनएनलाई अझ बढी उचाईमा लैजानका लागि चीजहरूमा परिवर्तन गर्न खोज्दै थियो, त्यही बेला उनको राजीनामा आएको अमेरिकन सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई टेलिभिजन समाचार उद्योगमा उदाउँदो ताराको रूपमा हेरिँदै आएको थियो।

रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान

रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ।

नयाँ दिल्लीबाट मंगलबार सान फ्रान्सिस्कोका लागि उडेको विमानको इन्जिनमा प्राविधिक खराबी आएपछि रुसमा आकस्मिक अवतरण गरिएको थियो।

सो विमानको सट्टा अर्को विमानमार्फत २ सय ३२ जना यात्रु सान फ्रान्सिस्को प्रस्थान गरेका हुन्। तीन दिन पछि वैकल्पिक उडानमार्फत अमेरिका पठाइएको हो।

दुई सय १६ यात्रु र १६ चालक दलका सदस्यसहित उडान भरेको बोइङ ७७७ विमानले रुसको मगदान विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको थियो।

जहाँ यात्रु र चालक दललाई अस्थायी आवासमा राखिएको थियो। यात्रुहरूलाई खाना बस्न र भाषाका समस्याका कारण अनेक चुनौतीको सामना गर्नु परेको थियो।

अमेरिकी विदेश मन्त्रालयले रुसमा आकस्मिक अवतरण भएको विमानमा ५० भन्दा कम अमेरिकी नागरिक रहेको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले एयर इन्डियाको बदली विमान रुसबाट अमेरिका आउँदै गरेको छ भन्ने जानकारी दिइएको पनि बताएका छन्।

एयर इण्डियाले प्रतिस्थापन गरेको विमान ८ जुनमा स्थानीय समय अनुसार राती सवा १२ बजे सान फ्रान्सिस्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछ।

युक्रेनी बाँध भत्किँदा १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै

दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

उक्त बाँध भत्किँदा डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परे पछि १५ हजार मानिसहरूलाई विस्थापित हुन पुगेका छन्। साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ।

बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो भाग जलमग्न भएको छ। ‘आगामी २० घण्टामा पानीको सतह अर्को एक मिटरले बढ्ने अनुमान गरिएको छ, डिनिप्रोको किनारमा रहेका तल्लो क्षेत्रहरू डुबानमा पर्दै जाने छ।’, एक अधिकारीहरूले भने। धेरै स्थानीयले डरले घरको छतमा रात बिताएका छन्।

बस र रेलद्वारा अत्यावश्यक सामानहरूसहित तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभका बाँधको पतनलाई सामूहिक विनाशको वातावरणीय बम भनेका छन्। यसले ८० सहर र गाउँमा बाढीको खतरा सिर्जना गरेको छ। जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका छन्।

तर, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले भने सो दुर्घटनामा नाटोको हात रहेको आरोप लगाएका छन्। बुधबार भएको काखोभका बाँध विस्फोटको जिम्मेवारी अमेरिका, बेलायत र यसका नाटो सहयोगीहरूले लिनुपर्ने उनको भनाई छ।

उनले युक्रेनमा बम विस्फोट गर्न यी देशले सहमति दिएको बताए। दुवै देशले एक अर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ०५ बजे

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार नेकपा (माओवादी

ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई

प्रधानमन्त्रीले भने- नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म