प्रतिकात्मक तस्बिर

देश/प्रदेश

गर्मी बढेसँगै तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने

By खबरहब

June 08, 2023

दाङ– गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।

जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कुल एक सय ४८ वटा विद्यालय रहेका छन् ।