मकवानपुरमा चिसोले भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढे | Khabarhub Khabarhub

मकवानपुरमा चिसोले भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढे


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ ।

स्थानीय स्वास्थ्य चौकीमा दैनिक उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल ती क्षेत्रका स्वास्थ्य चौकीहरूमा दैनिक ७० देखि ८५ जनासम्म बालबालिका तथा वृद्धवृद्धाहरु चिसोबाट बिरामी भई आउने गरेका छन् ।

ती क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरी उपचारलाई  तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए । 

उनले स्वास्थ्यकर्मीलाई बिदा नलिईकन उपचार सेवामा खट्न निर्देशन दिइएको बताए  । थाहा नगरपालिकाले चिसोबाट बच्न विभिन्न बस्तीहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । 

श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बिरामीलाई तत्काल उपचार सेवामा सहजीकरण गर्दै औषधि उपलब्ध गराएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए  । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ७ : ३१ बजे

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल