तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही गरिने « Khabarhub

तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही गरिने


२५ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने आवाज उठेको हो ।

दुर्गम जिल्ला भएकाले औषधिको अभाव हुन नदिनका लागि मौज्दात सकिनुभन्दा अगाडि नै पुनः ढुवानी हुने व्यवस्था गरिनुपर्ने अस्पाताल विकास समितिका अध्यक्ष राईले बताए । सिटामोलजस्ता सामान्य औषधि पनि नागरिकले पाउन नसकेको गुनासो आफूसँग पनि आएको बताउँदै विकास समितिका अध्यक्ष राईले तोकिएको समयमा ढुवानी नगर्ने आपूर्तिकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

सो क्रममा जिल्ला अस्पताललाई आवश्यक पर्ने औषधिजन्य सामग्री समयमा आपूर्तिकर्ताले ढुवानी नगर्दा समस्या देखिने गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डा शिवजी रिजालले जानकारी गराएका थिए । वर्षमा दुईपटक औषधि खरिद हुने र बोलपत्रअनुसारको औषधि समयमा नआउँदा समस्या देखिने गरेको डा रिजालले बताए । केही समय अगाडि निःशुल्करूपमा बाँड्ने औषधि सकिएको गुनासो आएपछि स्वास्थ्य सेवा विभागबाट ल्याएर भए पनि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अस्पतालमा देखिएका समस्याका विषयमा अस्पताल प्रशासनले पनि खबरदारी गर्नुपर्ने बताए । समितिको बैठकमा कर्मचारी बिदा तथा व्यवस्थापन, डेन्टल चिकित्सक करार नियुक्ति, एम्बुलेन्स सेवा, विद्युत् लाइन जडानलगायतका विषयमा पनि छलफल गरिएको थियो ।

जिल्ला अस्पतालमा भएको एम्बुलेन्स सेवा प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो । उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्णबहादुर मोक्तानले कार्यविधिबिना एम्बुलेन्स सञ्चालन हुँदा प्रभावकारी नहुने भएकाले चालकलाई समेत जवाफदेही बनाउन कार्यविधि बनाउनुपर्ने बताए । बैठकमा अस्पताल विकास समिति सदस्य, अस्तपताल प्रशासनका कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ४२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर