लहान नगरपालिद्वारा किसानलाई परिचयपत्र वितरण « Khabarhub

लहान नगरपालिद्वारा किसानलाई परिचयपत्र वितरण


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिकाले किसानलाई लक्षित गरी आफ्नो परिचय खुल्ने परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नं १२ बाट वितरण सुरु गरेको हो ।

सरकारले किसानलाई प्रदान गर्ने हरेक सुविधा प्रभावकारीरूपमा वितरण गर्न सहज हुने उद्देश्यले किसान परिचयपत्र वितरण गरिएको नगरप्रमुख महेश चौधरीले बताए । “अब किसानलाई मलखाद वितरण, बीउबिजन, अनुदानमा पारदर्शिता, ऋण लिनलगायत अन्य कार्य गर्नलाई थप सहज हुने विश्वास लिएको छु”, चैधरीले भने, “किसान परिचयपत्रले वास्तविक किसानको पहिचान गरी राहत दिन प्रभावकारी हुनेछ । यसबाट किसानलाई व्यावसायिक बन्न थप मद्दत पुग्नेछ ।”

त्यसैगरी वडाध्यक्ष बद्रीनारायण चौधरीले किसानको हक–अधिकारलाई किसान परिचयपत्रले सुनिश्चित गर्ने बताए। किसान परिचयपत्र क्रमशः सबै वडामा वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिए ।

परिचयपत्रमा सम्पूर्ण किसानको व्यक्तिगत विवरण राखिएको छ । जसमा क्यूआर कोड पनि छ । अनलाइनमा नाम हाल्नेबित्तिकै किसानको सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै