नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन « Khabarhub

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो ।

उनको आजै कालीगण्डकी नदीको राम्दीघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै