एउटै गीतबाट चर्चित व्यक्तित्व « Khabarhub

एउटै गीतबाट चर्चित व्यक्तित्व



गीतकारका रूपमा धेरै व्यक्तिले धेरै गीत लेख्छन् । तर कुनै पनि गीतबाट चर्चित हुँदैनन् । तर कोही एउटै गीत लेखेर त्यहीबाट चर्चित भएका गीतकार छन् र त्यस्तो गीतकारको नाम लिनुपर्यो भने युवान तुलाधरको नाम अगाडि आउँछ ।

तुलाधरले ३० दशक तिर ‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन’ सिर्जना गरेका हुन् । उनको यो एउटा गीत नै दीप श्रेष्ठको सङ्गीत र स्वरमा गुन्जिएपछि सर्वाधिक चर्चित भयो । उनले त्यसपछि कुनै गीत लेखेनन् । तुलाधर जस्तै अग्रज गीतकार तीर्थराज तुलाधर रेडियो नेपालको कार्यक्रम उत्पादक थिए । उनी पनि एउटा गीत नातिकाजीको सङ्गीतमा फत्तेमान राज भण्डारीले गाएको ‘मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन’ ले निकै चर्चित भए । उनले त्यसपछि अर्को गीत लेखिरहनु नै परेन । तर उनको अर्को गीत रेकर्ड भएको छ ।

तीर्थराज तुलाधर र उनका दाजु दमन तुलाधर र पिता बलराम तुलाधरको प्रेरणाले साहित्यमा प्रवेश गरेका हुन् । यी दुई दाजु भाइलाई चाल्स डिफेन्सले लेखेको उपन्यास पनि पुरै कण्ठ हुन्थ्यो भन्ने कुरा दमनराजले संस्मरणमा लेखेका छन्।

एउटा गीत नातिकाजीको सङ्गीतमा फत्तेमान राज भण्डारीले गाएको ‘मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन’ ले निकै चर्चित भए । उनले त्यसपछि अर्को गीत लेखिरहनु नै परेन । तर उनको अर्को गीत रेकर्ड भएको छ ।

तीर्थराज तुलाधरको ‘मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन’ भन्ने गीत प्रसिद्धिको पराकाष्ट्रमा पुगेको बेलामा पनि उनीसँगै हिँड्ने अर्का गीतकार कालीप्रसाद रिजाललाई तुलाधर सचिव हुँदासम्म यो गीत उनले लेखको भनेर थाहा थिएन।

अर्को गीत जसलाई मानिसहरु भ्रमवश आधुनिक गीत नभनेर लोकगीत पनि भन्ने गर्छन् । तर होइन । ‘असारे महिनामा पानी पर्याे रुझाउने’ कालिङबुङका कवि नाटककार सिके श्रेष्ठका साथी समकालीन तुल्सी गजमेरको शब्द र सङ्गीतमा सुजान दुक्पा र साथीहरूले गाएको यो गीत सर्वाधिक लोकप्रिय छ ।

उनलाई नजिकबाट चिन्नेहरूले आफ्ना घनिष्ठताका आधारमा अत्यन्त राम्रो व्यक्ति मान्छन् । उनका कयौँ गीतहरू गायिका सङ्गीता सुब्बा, दिलमाया घाँटी र अन्य कलाकारले गाएका छन् । तर अहिले पनि ‘असारे महिनामा पानी पर्यो रुझाउने’ गीत भन्ने बित्तिकै उनकै याद आउँछ । ‘छङछङ बग्ने खहरे खोला यतिबेला मैच्याङ के गर्दै होली ?’ जस्ता गीतहरू रोचक छन् ।

असारे महिनामा पानी पर्यो सुजान दुक्पाले गाएको गीतमा महिलाको कोरस स्वर छ । त्यसमा साथ दिन वरिष्ठ गायिका अरुणा लामाले पनि साथ दिएकी छन् । अर्का गीतकार सङ्गीतकार कमल दर्नालको गीत ‘छोरा चाहिँ है माया हिँड्दछ डुलेर, तरुनीको है माया गफैमा भुलेर’ डिजे बराइलीले गाएको गीत लोकप्रिय छ । तर उनको यो गीतबाहेक अरु गीतको चर्चा हुन सकेन ।

असारे महिनामा पानी पर्यो सुजान दुक्पाले गाएको गीतमा महिलाको कोरस स्वर छ । त्यसमा साथ दिन वरिष्ठ गायिका अरुणा लामाले पनि साथ दिएकी छन् ।

अर्का गायक, अरुण थापाले गाएको ‘जति माया लाए पनि जति कसम खाए पनि यो मन त्यसै मर्ने नै भयो’ गीतले चिनिए । यो गीतका गीतकार कवि विनोद गौचन हुन् । अरु गीत जुन नयाँ गायक गायिकाले पनि गाएका छन् । सबै लोकप्रिय छन् ।

ब्रायण मोक्तान र उनका धेरै गीतहरू छन् । ‘सिरीमा सिरी बतासै चल्यो’, ‘फुल भन्छौँ कि जुन’लगायत धेरै गीत छन् । उहाँलाई धेरैले चिन्ने भनेको ‘जागे जागे सारा रात मायालु आउछिन् भनेर’ यो गीतपछि भुवन केसीले गाए । उनी पनि लोकप्रिय बने । पछि प्रदीप योन्जन, सुनिल पराजुलीलगायतका कालाकार सामेल छन् । यो गीतका असली गीतकार र सङ्गीतकार ब्रायण मोक्तान हुन् ।

अष्टमान श्रेष्ठले ‘चन्दनीको उकालोमा लाउला माया साइला जी’ गीत गाएपछि उनलाई अष्टमान हैन साइला भनेर चिन्न थाले । उनका छोरा सङ्गीतकार रत्नमान श्रेष्ठले पछि मेरा पिताका अरु पनि गीत छन् भनेर लेखसम्म लेख्नुपर्यो ।

अर्का गायक, अरुण थापाले गाएको ‘जति माया लाए पनि जति कसम खाए पनि यो मन त्यसै मर्ने नै भयो’ गीतले चिनिए । यो गीतका गीतकार कवि विनोद गौचन हुन् ।

कृष्ण प्रधान पनि एउटै गीतबाट चर्चित छन् । उनको गीत वसन्त क्षत्रीले सङ्गीत गरेको र दीप श्रेष्ठले गाएको ‘तिमी टाढा हुन्छौँ जब’ भन्ने गीत लोकप्रिय मानिन्छ । अर्का गीतकार कृष्ण जोशी पनि एउटा गीतका कारण सर्वाधिक लोकप्रिय भए । उपन्यासकार कवि कथाकार, सम्पादक र विभिन्न संस्थाका अध्यक्ष रहेका जोशीको ‘धेरै नजिक हुनुपर्दैन मान्छेले टाढाको घामले पनि पोल्न सक्छ’ ।

संगीतकार प्रकाश गुरुङले त्यो गीतलाई रोजेर सुक्मित गुरुङलाई गाउन लगाए । यो गीत हिट भयो । कृष्ण जोशी यो गीत हिट भएपछि काठमाडौंमा आएर यसका संगीतकार । गायिकालाई भेटे । उनको वि.सं. २०७९ सालमा निधन भयो ।

साहित्यकार कवि नाटककार उपन्यासकार शिव अधिकारी पनि एउटै गीतले लोकप्रिय भएका हुन। उनको ‘सपना भुलाई सारा आँशु लिएर जाऊ, मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाऊ’ यो गीत नातिकाजी श्रेष्ठले सङ्गीत गरेका थिए । यो गीत योगेश वैद्यले गाएका हुन् । यो योगेश वैद्यको जीवनै परिचयात्मक गीत बन्न पुग्यो । यो गीतपछि अधिकारीलाई गीत माग्ने मान्छे धेरै भए । त्यसपछि उनले धेरै गीत रेकर्डर गर्न खोजे पनि उनको पहल सक्रिय भएन।

साहित्यकार कवि नाटककार उपन्यासकार शिव अधिकारी पनि एउटै गीतले लोकप्रिय भएका हुन। उनको ‘सपना भुलाई सारा आँशु लिएर जाऊ, मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाऊ’ यो गीत नातिकाजी श्रेष्ठले सङ्गीत गरेका थिए ।

शिव अधिकारी साझा प्रकाशनमा प्रुफ रिडर थिए । त्यहाँबाट अवकाश भएर बाहिर आएर साप्ताहिक पत्रिका देशान्तरको सम्पादन गरे । तब पनि गायकसँग भेट भएको थिएन । उनले देशान्तर बन्द गरेर सुरुची सुरु गरे । त्यहाँ सँगै उनी राजनीतिमा पनि सक्रिय भए । २०६७ साल फागुनमा रेडियो सगरमाथाको अजम्मरी गीतसंगीत भन्ने कार्यक्रममा योगेश वैद्यले अन्तरवार्ता गर्दै गर्दा कार्यक्रमका प्रस्तोताले फोनमार्फत शिव अधिकारी र योगेश वैद्यको परिचय गराइदिए।

शिव अधिकारी नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि पत्रकारिताको साहित्यिक जिन्दगीबाट खाली भएर मोहन कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि उनले एउटा नाटक लेखे ।

त्यो हो ‘तासको जामा’ । यो नाटक नेपाल प्रज्ञा प्रतिष्ठानबाट हरिहर शर्माको निर्देशनमा मञ्चन हुनेभयो । त्यो भित्र अधिकारीले गीत लेखे । त्यो गीतको सङ्गीत लेख्न उनले दीप श्रेष्ठलाई आग्रह गरे । तर श्रेष्ठले सङ्गीत भरेनन् । शम्भुजित बास्कोटाले सङ्गीत गरे । त्यो गीत धेरै चलेन । शिव अधिकारीलाई धेरैले उपन्यासकार, स्तम्भ लेखक, नारायण गोपाललाई पछिल्लो पटक स्वर सम्राटभन्ने उपाधि दिनुपर्छ भनेर प्रस्तावकका रूपमा चिन्दछन् । अधिकारीले नारायण गोपालका बारेमा देशान्तरको रचना विधामा एउटा भन्न हुने भए म उनलाई स्वर सम्राट् भन्थेँ भन्ने लेख लेखे । नारायण गोपाल स्वर सम्राट् भन्न बाध्य बनायो।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ५५ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले