ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेवल पुल « Khabarhub

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेवल पुल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

कूल १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो ।

अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिए । ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ ।

आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भनेपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो । निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताइन् ।

‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो’, देवकोटाले भनिन्, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’

पप्पु कन्ट्रक्सन आयोजना कम्पनीसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

उनले पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको बताइन् । उक्त पुल एकसय ५१ मिटर लम्बाइको हुने सूचना अधिकारी देवकोटाको भनाइ छ ।

पहिलो पटकको ठेक्का सम्झौतापछि विसं २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका थिए । पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आउनुपरेको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै