दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिनभर आज समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई, सडक विस्तारमा अवरोध नपुर्‍याउन हेटौँडाकी नगरप्रमुखको आग्रह, कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णाली प्रदेशसभाका सांसदको गुनासो,एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते, मुलुकमा अपराधका घटना बढ्दै, पक्राउ पर्नेको सङ्ख्या ११ प्रतिशतले बढ्यो लगायतका समाचारले प्रमुख स्थान पाए ।

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई

समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् ।

सडक विस्तारमा अवरोध नपुर्‍याउन हेटौँडाकी नगरप्रमुखको आग्रह

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्‍याउन आग्रह गरेकी छिन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक बिस्तार गर्न लागिएको छ ।

सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् ।

कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णाली प्रदेशसभाका सांसदको गुनासो

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट बिनियोजनमा वेवास्ता गरिएको बताए ।

मुलुकमा अपराधका घटना बढ्दै, पक्राउ पर्नेको सङ्ख्या ११ प्रतिशतले बढ्यो

मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो ।

यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । साइबर अपराधका मुद्दामा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए ।

उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् । प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए ।

धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देश ठिक बाटोमा जाँदैन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजग हुनुपर्ने धारणा राखे ।

न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भयो, यसको अन्त्य हुनुपर्छ : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधीश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

फेरि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्न गर्छु, नसके अरुलाई समर्थन गर्छु : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अब मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका हुन् ।

एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको हो ।

बोर्डले अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले बढीमा दुई विषयसम्म तथा अनुपस्थित रहेका परीक्षार्थीले पनि दुई विषयमा पूरक परीक्षा दिने पाउने जनाएको छ।

कालीकोटमा एउटै गाउँमा तीन सय जना बिरामी

कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना मानिस बिरामी परेका छन् ।

अज्ञात रोग फैलिएको जानकारी पाएपछि जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ०० बजे

लिङदेनले लगाए ओलीलाई ९ आरोप, प्रधानमन्त्रीजी नांगै हुनुहुन्छ !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ०७९ को चुनावमा

प्रचण्ड मौन बसेपछि संसद्‍बाट विपक्षीले घेर्न सकेनन् सरकारलाई

काठमाडौं– संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

पाकिस्तानमा सैन्य कारबाहीमा १० आतङ्ककारी मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा

प्रविधिलाई आधार बनाउँदै अघि बढ्नु आजको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु

एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८