मुलुकमा अपराधका घटना बढ्दै, पक्राउ पर्नेको सङ्ख्या ११ प्रतिशतले बढ्यो « Khabarhub

मुलुकमा अपराधका घटना बढ्दै, पक्राउ पर्नेको सङ्ख्या ११ प्रतिशतले बढ्यो


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो ।

यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । साइबर अपराधका मुद्दामा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए ।

उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् । प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए ।

उनका अनुसार उक्त अवधिमा गाँजा मात्रै छ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ । लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको रू १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए । उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ ।

अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ । यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ३ : ४४ बजे

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो