मुलुकमा थोरै तर बलिया राजनीतिक दल आवश्यक : महासचिव पोखरेल « Khabarhub

मुलुकमा थोरै तर बलिया राजनीतिक दल आवश्यक : महासचिव पोखरेल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन् ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकमा वाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरैभन्दा थौरै, तर बलियो दल आवश्यक रहेको बताएका हुन् ।

अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रुपमा रहेपनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुव्रीकरण हुन नसकेको उनले बताए ।

उनले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने जिकिर गरे । महासचिव पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे ।

अहिले नेकपा एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरु एमालेसंग डराएर गठबन्धन बनाउन बाध्य भएको उनले बताए । उनले निश्चित व्यापारिक घरानाहरुलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको उल्लेख गरे ।

महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई एमालेले मात्रै पुरा गर्न सक्ने दाबी गरे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ३ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै