मुलुकमा थोरै तर बलिया राजनीतिक दल आवश्यक : महासचिव पोखरेल « Khabarhub

मुलुकमा थोरै तर बलिया राजनीतिक दल आवश्यक : महासचिव पोखरेल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन् ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकमा वाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरैभन्दा थौरै, तर बलियो दल आवश्यक रहेको बताएका हुन् ।

अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रुपमा रहेपनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुव्रीकरण हुन नसकेको उनले बताए ।

उनले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने जिकिर गरे । महासचिव पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे ।

अहिले नेकपा एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरु एमालेसंग डराएर गठबन्धन बनाउन बाध्य भएको उनले बताए । उनले निश्चित व्यापारिक घरानाहरुलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको उल्लेख गरे ।

महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई एमालेले मात्रै पुरा गर्न सक्ने दाबी गरे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ३ : ५० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ