रास्वपाले कुनै दलसँग गठबन्धन गर्दैन : रवि लामिछाने « Khabarhub

रास्वपाले कुनै दलसँग गठबन्धन गर्दैन : रवि लामिछाने


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे ।

रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको र के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए ।

उनले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताउँदै विगतको निर्वाचनमा भएभरका पार्टी एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको बताए । उनले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको र आगामी बैठकमा यसबारे आवाज उठाउने बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना