अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या | Khabarhub Khabarhub

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका एक पूर्व अफगान दोभासेलाई सोमबार वासिङ्टन डिसीमा गोली हानी हत्या गरिएको सीएनएनले जनाएको छ ।

प्रहरीले अहिले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । ३१ वर्षीय नसरत अहमद यारको गाडीमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो ।

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा उहाँलाई गोली हानेको केही समयपछि चार जना व्यक्ति घटनास्थलबाट भागेको देखिएको छ । शङ्कास्पद व्यक्तिको नाम भने खुलाइएको छैन ।

प्रहरीले आक्रमणकारी पक्राउ गर्ने वा सूचना दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

लिफ्टका प्रवक्ताले सीएनएनसँग भने, “हामी यस दुःखद घडीमा यस अकल्पनीय त्रासदीको सामना गरिरहेका नसरतका प्रियजनहरूप्रति समवेदना प्रकट गर्दछौँ ।”

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : ५२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा