सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै, संसदको गतिरोध हटाउने विषयमा छलफल हुने | Khabarhub Khabarhub

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै, संसदको गतिरोध हटाउने विषयमा छलफल हुने


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुखसहित मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

संघीय संसदका दुवै सदनमा भइरहेको गतिरोध हटाउने विषयमा दलहरुबीच छलफल हुन लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको पहलमा हिजो दुई चरणमा शीर्ष नेता, दलका मुख्य सचेतक, र सचेतकबीच छलफल भए पनि दलहरु आआफ्नै अडानमा रहँदा बैठक निष्कर्ष विहीन बनेको थियो ।

एमालेले एकसय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएको छ भने सरकारले यसको आवश्यकता नभएको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो । त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ४२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको