अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत  | Khabarhub Khabarhub

अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत 


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो ।

घरेलु कामदारको रुपमा कुवेत खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तारिकमा उनको मृत्यु भएको थियो ।

मृतक खत्री गैरकानुनी बाटो हुँदै नेपालबाट श्रम स्वीकृति नगरी कुवेत पुगेको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा अलपत्र अवस्थामा थियो।

अस्पतालमा शव अलपत्र परेपछि त्यहाँस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतलाई जानकारी गराएको थियो । एनआरएनए पहलमा कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाहरूले आर्थिक जुटाएर शव नेपाल पठाउने तयारी थालिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।

अब छिट्टै कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइने नेपाली दूतावास श्रोतले जनाएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : २६ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने