दश जना सिरियाली सैनिकको हत्या « Khabarhub

दश जना सिरियाली सैनिकको हत्या


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेरुत– इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ । सोमबार साँझ भएको उक्त आक्रमण छ जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका   छन भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो । 

गत साता आईएसले आफ्ना नेता अबु अलहुसेन अलहुसेनी अलकुरेशीको मृत्यु भएको घोषणा गरेको थियो । उत्तर पश्चिमी सिरियामा भएको झडपमा उनी मारिएका उसले बताएको थियो । 

सिरियाका मरुभूमिमा लुकेका आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनामाथि आक्रमण गर्दै आएका छन् । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको