तिब्बतको यार्लुङ जाङ्बो नदीमा बाँध बनाउने चिनियाँ योजना र यसको जोखिम « Khabarhub

तिब्बतको यार्लुङ जाङ्बो नदीमा बाँध बनाउने चिनियाँ योजना र यसको जोखिम


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले तिब्बत भएर बग्ने यार्लुङ जाङ्बो नदीमा विशाल बाँध निर्माण गर्ने योजना अघि सारेको छ । भारतमा ब्रम्हपुत्र भनेर चिनिने यार्लुङ जाङ्बो नदीमा चीनले बाँध निर्माण गरिरहेको समाचार बरम्बार आउने गरेपनि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

भारतसँगको सीमानजिक निर्माणाधीन बाँध आसपास चीनले उच्च सैन्य सतर्कता पनि अपनाउँदै आएको छ । यद्यपि यस परियोजनाको क्षमता ६० गिगावाट रहेको बताइएको छ । यस नदीमा चीन, भारत र बंगलादेशका १३ करोड मानिसहरु निर्भर रहेका छन् ।

चीनले सन् २०२१ देखि सन् २०२५ सम्मको विकास लक्ष्य अनुरुप यस नदीमा बाँध निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको हो । पूर्वी तिब्बत र भारतको अरुणचल प्रदेशको सीमानजिकै भूकम्पका कारण प्रभावित भइरहने क्षेत्रमा चीनले बाँध निर्माणको योजना अघि सारेपछि चिन्ता बढेको छ ।

चीनले यस बाँधको निर्माणबाट तल्लो तटीय क्षेत्रमा कुनै असर नपर्ने बताउँदै आएको छ । तर, माथिल्लो तटीय क्षेत्रमा पर्ने भएकाले यस आयोजनाको लाभ भने चीन एक्लैले उठाउने देखिन्छ । त्यसबाहेक चीनले भारतसँगको सीमा विवाद समाधान गर्न अनिच्छा देखाइरहँदा यस बाँधलाई चीनले हतियारका रुपमा प्रयोग गर्नसक्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।

त्यस्तै, चीनले अत्यन्त धेरै जनसङ्ख्या रहेको मुलुकको पूर्वी तथा उत्तरी क्षेत्रमा पानीको आपूर्ति गर्न यस नदीलाई त्यसतर्फ मार्ग परिवर्तन गर्ने सम्भावना रहेको पनि जानकारहरु बताउँछन् । एक अध्ययनअनुसार चीनले तिब्बत भएर बग्ने नदीमा १ सयभन्दा धेरै बाँधको निर्माण गरेको छ । ब्रम्ह चेलानीका अनुसार चीन अहिले इतिहासकै सबैभन्दा ठूलो पानीको चोरीमा संलग्न छ ।

चीनले यार्लुङ जाङ्बो नदीमा अन्य स–साना बाँधको पनि निर्माण गरिरहेको बताइन्छ । शोधकर्ता डेमियन स्यिमोनले भूउपग्रह तस्वीरमार्फत गरेको अध्ययनअनुसार चीनले यार्लुङ जाङ्बो नदीको सहायक नदी मानिने माब्जा जाङ्बो नदीमा भारत र नेपालसँग त्रिदेशीय सीमानजिकै पर्ने ताक्लाकोट क्षेत्रमा सानो बाँध निर्माण गरिरहेको छ ।

चीनले आफ्नो परियोजनाबाट कसैलाई कुनै हानी नहुने दाबी गर्दै आएको छ । यद्यपि, भारतसँगको हिमाली सीमाक्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधि तथा पूर्वाधार निर्माण र सन् २०२२ को नोभेम्बर महिनामा सीमा क्षेत्रमा चिनियाँ र भारतीय सुरक्षाकर्मीबीचको झडपले चीन आफ्नो स्वार्थ पूरा गर्न भारतसँगको सम्बन्धलाई नै जोखिममा पार्न समेत तयार रहेको स्पष्ट हुन्छ ।

सन् १९६८ को हेलसिन्की नियम र सन् १९९७ को पारवहनरहित अन्तर्राष्ट्रिय जलस्रोतसम्बन्धी राष्ट्रसंघीय अभिसन्धीअनुसार माथिल्लो तटीय राज्यका रुपमा चीनको गतिविधिलाई भारतले रोक्न मिल्दैन ।

यद्यपि यस्ता परियोजनाबारे भारतले चीनसँग पूर्वसूचना, यसको प्राविधिक पक्ष, सल्लाहको माग भने गर्नसक्छ । अघिल्ला कदमलाई हेर्दा चीनले भारतलाई यस्ता विवरण प्रदान गर्ने इच्छुक देखिन्न । भविष्यमा कुनै द्वन्द्व उत्पन्न हुन नदिन चीनले यस्ता परियोजनाको निर्माण गर्दा अन्तर्राष्ट्रिय कानूनको पालना गरी तल्लो तटीय क्षेत्रका मुलुकहरुसँग सल्लाह लिएमा उपयुक्त हुने देखिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ५५ बजे

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको