पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा « Khabarhub

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

डुम्रे- अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक भासिएपछि बिहानदेखि यातायात अवरुद्ध भएको थियो ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक आज विहान साढे ११ बजेतिर  भासिँदा सवारीसाधन एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजनाको काम भइरहेको अवस्थामा सडक भासिँदा साना सवारीसाधन मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

उनका अनुसार सडक विस्तारको काम भइरहेकाले सो स्थानमा सडक भासिएको हो । “निरन्तर वर्षा भइरहेकाले अहिले नै ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन”, प्रहरी नायब उपरीक्षक खाणले भने ।

साथै निर्माणाधीन आँबुखैरेनी–जामुने–कोत्रे सडकखण्डमा वर्षाका कारण अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ५ : ३१ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको