पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा | Khabarhub Khabarhub

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

डुम्रे- अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक भासिएपछि बिहानदेखि यातायात अवरुद्ध भएको थियो ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक आज विहान साढे ११ बजेतिर  भासिँदा सवारीसाधन एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजनाको काम भइरहेको अवस्थामा सडक भासिँदा साना सवारीसाधन मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

उनका अनुसार सडक विस्तारको काम भइरहेकाले सो स्थानमा सडक भासिएको हो । “निरन्तर वर्षा भइरहेकाले अहिले नै ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन”, प्रहरी नायब उपरीक्षक खाणले भने ।

साथै निर्माणाधीन आँबुखैरेनी–जामुने–कोत्रे सडकखण्डमा वर्षाका कारण अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ५ : ३१ बजे

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको