बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता « Khabarhub

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार बाढी पहिरोकै कारण हालसम्म कूल रु ११ लाख २५ हजार बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी आइरहेको र कतिपय ठाउँका मुख्य राजमार्ग पुनः सञ्चालनका लागि पहल भइरहेको प्रवक्ता तथा सहसचिव भट्टराईले बताए।

उनले भने, ‘बाढी पहिरोले क्षति भएका विषयमा जानकारी आउने क्रम जारी छ, अहिलेसम्म एक दर्जन राजमार्ग अवरुद्ध भएका छन्, कतिपय राजमार्ग खुलेका छन् । धेरै ठाउँमा डुबान भएको छ, कतिपय ठाउँमा अहिले पनि वर्षा जारी रहेकाले त्यहाँको थप विवरण संकलन गर्ने कार्य जारी रहेको छ ।’

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ४१ बजे

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका