चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ « Khabarhub

चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्कुटर चोरी गरी अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आशिष केसीको बा. ८६ प. ३०२२ नम्बरको सेतो रङको डियो स्कुटर चोरी गरी फेसबुकको मार्केटप्लेसमार्फन् बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सफल भन्ने ३० वर्षका आजाद रायमाझीलाई पक्राउ गरेको हो ।

उनले स्कुटर नम्बर, रङ र सवारी साधन दर्ता किताबसमेत बदली गरी सवारी साधन दर्ता रहेको ब्लुबुकसहित फेसबुकमा पोष्ट गरी बिक्रिमा रहेको बताएका थिए ।

उनले ८३ हजार रुपैयाँमा उक्त स्कुटर सनिषा योञ्जन तामाङलाई बिक्री गर्न खोजेको र नामसारी गराउन यातायात कार्यालयमा बोलाउदा ब्लुबुकमा केरमेट गरी स्कुटरको नम्बर प्लेट बदलेको थाहा पाएपछि घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएपछि फोन अफ गरी फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको तेन्जिङ चोकबाट पक्राउ गरेको हो । उनलाई चोरी, ठगी र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका