म्याग्दीका मुख्य सडक अवरुद्ध « Khabarhub

म्याग्दीका मुख्य सडक अवरुद्ध


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । गए रातिदेखिको अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको बताए । बेनी–जोमसोम र बेनी—दरवाङ म्याग्दीका प्रमुख सडक हुन् ।

बैसरीमा आइतबारदेखि बन्द भएको म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक मङ्गलबार साँझसम्म पनि खुलेको छैन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरीसँगै पहिरो खस्न नरोकिएकाले सवारी आवतजावत खुलाउन नसकिएको बताए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासी मर्कामा परेका छन् । ढुवानी र निकासी ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोका कारण धौलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि मङ्गलबार बिहानदेखि बन्द छ ।

सोमबार राति खसेको पहिरो बिहान पन्छाएर सवारी आवतजावत खुलाएपछि दिउँसो पुनः पहिरो खसेर अवरुद्ध बनेको बेनी नगरपालिका–४ का वडासदस्य प्रेम श्रीसले बताए । काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रु पैदलयात्रा गर्न बाध्य भएका छन् । पानी पर्न रोकिने बित्तिकै फापरखेतको पहिरो पन्छाउन पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : २१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको