आज निजामती सेवा दिवस मनाइँदै | Khabarhub Khabarhub

आज निजामती सेवा दिवस मनाइँदै


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : ०७ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका