भारतीय क्रिकेटः मध्यक्रममा यादव उत्कृष्ट | Khabarhub Khabarhub

भारतीय क्रिकेटः मध्यक्रममा यादव उत्कृष्ट


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

भारतीय क्रिकेट टोलीको आरोह अवरोह कायम छ। चोटबाट मुक्त भएका जसप्रित बुमराह फर्किएका छन्। तथापि नेपालसँग भएको पहिलो चरणको खेलमा सुरुवाती ओभरमा कमजोर देखिएपछि सायद भारतका लागि सुपर फोरका लागि बुमराह फिर्ता हुनेछन्। पाकिस्तानसँगको खेलमा पनि भारतको सुरुवाती ब्याटिङ राम्रो थिएन।

यसै कारण एसिया कप मात्र होइन विश्वकपसम्मका लागि भारतीय टोलीको आवश्यकताबारे बहस सुरु भएको छ। अहिले छायामा परेका सूर्यकुमार यादवको आवश्यकताका बारे सबै भन्दा धेरै बहस भएको छ।

अहिले संसारमा नै राम्रो खेल प्रदर्शन गरिरहेका शुभमन गीलको बारे कुनै विवाद हुन सक्दैन। तथापि अन्य कुनै क्रममा यादवको आवश्यकताको आवाज राष्ट्रिय टोलीका पूर्व स्टार हरभजन सिंहले उठाएका छन्। उनले विश्वकप टोलीमा सञ्जु सामसनको स्थानमा यादवलाई समावेश गर्नुपर्ने आवाज उठाउँदै यादव पहिलो रोजाइमा नै पर्नु ठिक भएको प्रतिक्रिया दिएका छन्।

उनले भने जस्तै भारतीय छनोटकर्ताले विश्वकपका लागि भने यादवलाई नै मौका दिइसकेका छन्। ‘मिडल ओभरमा सूर्य कुमारको जस्तो खेल छ। त्यो सञ्जुको छैन’, सिंहले सञ्जु राम्रो खेलाडी भएको बताउँदै ठुलो स्कोर खडा गर्नका लागि सूर्यकुमार सबैभन्दा उपयुक्त ब्याट्सम्यान भएको प्रतिक्रिया समेत दिएका छन्। त्यसो त सूर्य कुमारको प्रभाव टी-२० मा बढी भएको बताउँदै एक दिवसीयमा उनको अहिलेसम्मको खेलको बारे प्रश्न पनि उठाउने गरेका छन्। सिंहकै विचारमा लगातार अवसर पाए उ कत्तिको राम्रो खेलाडी भएको स्वतः पुष्टि हुने बताएका छन्।

सिंहको विचारमा त यादवले लामो पारीको अवसर पाए उनले रोहित शर्मा, विराट कोहली र सामसन कसैले पनि रोक्न नसक्ने जिकिर गरे। उनले पाँचौँ या छैटौँ क्रममा महेन्द्र सिंह धोनी र युवराज सिंह जस्तो अन्य कोही नदेखिए पनि अहिले यादवमा यो क्षमता भएको दाबी गरे।

त्यसो त टी-२० मा पाएको सफलता जस्तो उनले एक दिवसीयमा नपाएको साँचो हो। उनले २४ पारीमा दुई अर्धसत्तक मात्र प्रहार गरेका छन्। सिंहले यादवकै बारे अझ भनेका छन् ‘पारीको सुरुवातमा धेरै अवसर हुन्छ। पारीको मध्यमा क्रिजमा पुगेपछि तत्काल कमजोर बल छानेर चौका या छक्का प्रहार गर्नु पर्ने हुन्छ। यस काममा उनी जस्ता भारतमा अन्य कोही पनि छैनन्।’

यादव क्रिजमा रहेपछि विपक्षीमाथि स्वतः दबाब हुने सिंहको विचार छ। सिंहकै विचारमा भारतले विश्वकप टोलीमा बायाँ हाते बलर आर्सदिप सिंह र लेग स्पिनर युजभेन्द्र चावललाई गुमाउने ठुलो गल्ती भएको प्रतिक्रिया दिएका छन्। उनले दायाँ हाते ब्याट्सम्यानको विरुद्धमा पारीको सुरुवातमा बाया हाते मिर उपयुक्त हुन सक्ने प्रतिक्रिया व्यक्त गरेका छन्।

उनले माइकल स्टार्क र सहिन अफ्रिदीको प्रभावले यस कुराको पुष्टि गरेको बताए। उनले सन् २०१५ को विश्वकपमा अस्ट्रेलियालाई विश्वकप दिलाउन स्टार्कको भूमिकाको बारे व्याख्या गरेका छन्। उनले फाइनलमा पारीको तेस्रो बेलमा ब्रेन्डम म्याककुलुमलाई आउट गरेको बल सिंहलाई अझ याद छ।

भारतीय टोलीमा रवीन्द्र जडेजा, अक्षर पटेल र कुलदिप यादव अटाएका छन्। सिंहको विचारमा कुनै एक रिस्ट स्पिनर उपयुक्त हुन सक्थ्यो। उनले चावलले अन्य कुनै पनि स्पिनरको तुलनामा बढी विकेट लिने गरेका कारण उनी उपयुक्त खेलाडी भएको समेत बताएका छन्।

अहिले भारतले बनाएको टोलीमा सिंहले भने जस्तै यादव त समावेश भएका छन्। तथापि चावल र सिंह भने छैनन्। भारतीय टोलीमा रोहित शर्मा, हार्दिक पाण्डे, शुभमन गील, विराट कोहली, श्रेयास ऐर, के एल राहुल, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद सामी, अक्षर पटेल, इसन किसान र सूर्यकुमार यादव छन्।

भारतले ८ अक्टोबरको सुरुवाती दिनमा नै अष्ट्रलियासँग खेल्ने छ। लामो समयदेखि चोटसँग सङ्घर्ष गरी रहेका राहुल एसिया कपका लागि पनि श्रीलङ्का गईसकेका छन्। उनले पाकिस्तानसँगको सुपर फोर खेलमा नै सहभागिता जनाउने सम्भावना पनि छ। उनले सम्पूर्ण फिटनेस परीक्षण पार गरीसकेका छन्।

टोलीमा कप्तान रोहितसहित कोहली, गील, ऐर र यादवले ब्याटिङ बलियो भएको अनुमान गरिएको छ। यसैगरी किसनका साथै अलराउण्डर जडेजा र पाण्डेका कारण सो ब्याटिङ क्रम बलियो मानिएको छ। विश्वकपका धेरै खेलमा बुमरा, सिराज र सामी पहिलो रोजाइमा नै रहने अनुमान गरिएको छ। आइसिसीको अनुमति लिएर यस टोलीमा २८ सेप्टेम्बरसम्ममा परिवर्तन गर्न सकिने छ।

यस वर्षको विश्वकप क्रिकेट ५ अक्टोबरको दिन सुरु हुँदैछ। उद्घाटनको दिन इङ्गल्यान्ड र न्युजिल्यान्डको बिचमा खेल हुनेछ। यो विश्वकपमा भारत, पाकिस्तान, अस्ट्रेलिया र न्युजील्यान्डलाई मुख्य दाबेदार मानिएको छ। यस पटक भारतलाई बलियो अनमान गर्नुको मूल कारण घरेलु भूमि पनि हो। अन्य महादेशमा भन्दा भारतका लागि दक्षिण एसिया उपयुक्त हुने गरेको छ। घरेलु भूमिकै हुने विश्वकप त उसका लागि महत्त्वपूर्ण हुने नै भयो।

घरेलु भूमिमा भएका प्राय शृङ्खलामा भारत विपक्षीमाथि हाबी हुने गरेको छ। तसर्थ पनि भारतलाई उपाधिको दाबेदार मानिएको हो। अहिले भारतको यो यात्रामा गीलको सानदार लयलाई एउटा मुख्य आधार मानिएको हो। उनले सबै भन्दा कम उमेरमा दोहोरो शतकको कीर्तिमान पनि कायम गरेका छन्।

पहिलो पटक सन् १९८३ को विश्वकप जितेको भारतले २८ वर्षपछि दोस्रो पटक विश्वकप उपाधि जितेको हो। परन्तु, यस बीचमा फाइनलमा भने प्रवेश गरेको थियो। भारतको सम्भावनाको बारे कुरा गर्दै धेरै खेलाडीले आफ्नो मत व्यक्त गर्न थालेका छन्। यी मध्येकै राष्ट्रिय टोलीका पूर्व स्टार मोहम्मद कैफले यस वर्ष उपाधिको सबै भन्दा बलियो दाबेदार भारत भएको बताएका छन्।

उनले भारतमा रहेका स्पिनरले खेललाई फरक पार्नसक्ने बताएका छन्। उनले बुमराहको फिटनेसले सबै कुरालाई प्रभाव पार्न सक्ने बताएका छन्।

अर्को महिना दक्षिण एसियामा सबै भन्दा लोकप्रिय रहेको खेलको विश्वकप हुने भएकाले यो धेरैका लागि महत्त्वपूर्ण हुँदै छ। सायद यसमा भारत धेरैको चासोको देश हो। सायद भारत नै मुख्य दाबेदार भएको कुरामा विपत्ति हुन सक्दैन।
स्रोतः क्रिकइन्फो, इन्डिया टुडे, आइसिसी

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ०६ बजे

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ