राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई « Khabarhub

राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोशी प्रदेश सरकार गठनमा भएका गतिविधि र अदालतले दिएको परमादेशलाई संकेत गर्दै हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत गरेको टिप्पणी गरेका छन्। 

सत्ताधारी दलले प्रदेशमा दुईदुई पटक संविधान र कानून मिचेर सभामुख/सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गर्नु कुनै हालतमा राम्रो नभएको उनको तर्क छ । उनले अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गरेको बताएका छन् । 

डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको उल्लेख गरेका छन् । अब यसबारे कुनै किन्तु–परन्तु गर्ने ठाउँ र समय नरहेको भन्दै उनले देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बन्नु जरुरी रहेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत् भइरहेको समेत बताए ।

एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी/बाबाहरूको भेषमा जनताको अग्रगामी/लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ४५ बजे

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना