राष्ट्रको सेवा गर्न सके मात्रै समृद्धिको सपना पूरा हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रको सेवा गर्न सके मात्रै समृद्धिको सपना पूरा हुन्छ : प्रधानमन्त्री


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा राष्ट्रहितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्यायसहितको समुन्नतिले गति लिने बताएका छन् ।

२०औँ निजामती दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस विशेष दिनमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी र राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीहरुमा मन, वचन र कर्मले संघीय प्रशासनको कार्यान्वयन गर्दै देश र जनताको सेवामा अविचलित काम गर्न प्रेरणा मिलोस् भन्ने  कामना गरेका छन् ।

प्रधानमन्त्री दाहालले निजामती कर्मचारीहरु लोकसेवा आयोगबाट छनौट भई जनतालाई आफ्नो कार्यशैलीबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान छन् त्यति नै विश्वसनीयता कामय गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रको दर्पणको रुपमा राष्ट्रिय समृद्धिको सपना पूरा हुन सक्ने उल्लेख गरे ।

उनले राज्यमा संघीय शासन प्रणाली कार्यान्वयनको महत्वपूर्ण औजारको रुपमा रहेको संघीय निजामती सेवा ऐन यथाशक्य जारी होस् भन्ने सबैको भावना र मर्मअनुसार सरकारले सो विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी छिट्टै संसदमा दर्ता गर्न लागिएको जानकारी गराएका छन् ।

उनले निजामती प्रशासनमा देखिएका कानूनी, संरचनागत तथा कार्यगत समस्या समयमै समाधान गर्दै समयसापेक्ष व्यवहारिक नेतृत्वबाट चुस्तदुरुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको उल्लेख गरेका छन् ।

दिवसका अवसरमा सेवामा महत्वपूर्ण योगदान दिई आज पुरस्कृत हुने सबै कर्मचारीलाई बधाइ समेत दिएका छन् ।

व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २०औँ निजामती सेवा दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ११ बजे

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो