राष्ट्रको सेवा गर्न सके मात्रै समृद्धिको सपना पूरा हुन्छ : प्रधानमन्त्री « Khabarhub

राष्ट्रको सेवा गर्न सके मात्रै समृद्धिको सपना पूरा हुन्छ : प्रधानमन्त्री


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा राष्ट्रहितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्यायसहितको समुन्नतिले गति लिने बताएका छन् ।

२०औँ निजामती दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस विशेष दिनमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी र राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीहरुमा मन, वचन र कर्मले संघीय प्रशासनको कार्यान्वयन गर्दै देश र जनताको सेवामा अविचलित काम गर्न प्रेरणा मिलोस् भन्ने  कामना गरेका छन् ।

प्रधानमन्त्री दाहालले निजामती कर्मचारीहरु लोकसेवा आयोगबाट छनौट भई जनतालाई आफ्नो कार्यशैलीबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान छन् त्यति नै विश्वसनीयता कामय गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रको दर्पणको रुपमा राष्ट्रिय समृद्धिको सपना पूरा हुन सक्ने उल्लेख गरे ।

उनले राज्यमा संघीय शासन प्रणाली कार्यान्वयनको महत्वपूर्ण औजारको रुपमा रहेको संघीय निजामती सेवा ऐन यथाशक्य जारी होस् भन्ने सबैको भावना र मर्मअनुसार सरकारले सो विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी छिट्टै संसदमा दर्ता गर्न लागिएको जानकारी गराएका छन् ।

उनले निजामती प्रशासनमा देखिएका कानूनी, संरचनागत तथा कार्यगत समस्या समयमै समाधान गर्दै समयसापेक्ष व्यवहारिक नेतृत्वबाट चुस्तदुरुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको उल्लेख गरेका छन् ।

दिवसका अवसरमा सेवामा महत्वपूर्ण योगदान दिई आज पुरस्कृत हुने सबै कर्मचारीलाई बधाइ समेत दिएका छन् ।

व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २०औँ निजामती सेवा दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ११ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज