महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित « Khabarhub

महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

मलेसियाको बाङ्गीमा आज भएको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग ४८ रनले पराजित भएको हो । पराजित भएसँगै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अपूरो भएको छ ।

थाइल्यान्डले जितका लागि दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रन बनाउँदै अलआउट भयो ।

नेपालकी कविता कुवँरले अविजित १७ रन बनाइन् । यस्तै, कविता जोशी र अप्सरी बेगमले १०–१० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

थाइल्याण्डका कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो ।

थाइल्याण्डकी नान्नापत खोन्चरोएनकाईले ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । यस्तै, नट्थाकन चान्थम्ले ३१ रन जोडिन् । नेपालकी कविता कुँवर र पूजा महतोले १–१ विकेट लिए ।

यो खेलमा विजेता भएसँगै थाइल्याण्डले टी–ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाएको छ ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : २४ बजे

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित 

काठमाडौं–  देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा