नवलपुरको केरुङ्गेखोलामा पुल निर्माण अलपत्र « Khabarhub

नवलपुरको केरुङ्गेखोलामा पुल निर्माण अलपत्र


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ ।

तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।

विसं २०७७ असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती –४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताए ।

पुलको काम विसं २०७५ मा सुरु भएको थियो । पुलको केही भाग निर्माण सकिएको छ । बीच खण्डमा ढलानको काम बाँकी रहेको छ । आफूले पटक–पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको र कामसमेत अघि नबढाएको वडाध्यक्ष लोहनीको भनाइ छ ।

एक सय ४० मिटर लम्बाइको पुल करिब १० करोड ५० लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । तर पटक–पटक म्याद थप गर्दासमेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।

पछिल्लोपटक विसं २०८० असारसम्म पुल निर्माण गर्ने गरी म्याद थप गरिएको थियो । यस अवधिमा समेत काम नसकेपछि पुलको काम झनै अन्योल अवस्थामा पुगेको वडाध्यक्ष लोहनीले बताए ।

कावासोती –३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहजरूपमा सदरमुकाम कावासोती आउने सडकखण्डको पुलसमेत भएकाले यसको निर्माणमा ढिलाइ हुँदा जनताले धेरै सास्ती खेप्नुपरेको उनको भनाइ थियो ।

निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरी ठेकेदारलाई झिकाई आवश्यक कारबाही र निर्माणको काम अघि बढाउन यसअघि पत्राचारसमेत गरेको थियो ।

गत असारमा निर्माण कम्पनीले असारभित्र ढलान गरी काम सक्ने प्रतिबद्धतासमेत जनाएकामा सो समयमा कुनै काम नगरी अहिलेसम्म अलपत्र पारेको वडाध्यक्ष लोहनीले बताए ।

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट म्याद थप भएमा काम अघि बढ्ने जानकारी दिए ।

नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय आएमात्र म्याद थप हुने उनको भनाइ थियो । उनले विकल्पमा सोही ठेकेदारबाट काम गराउनका लागि १० प्रतिशत क्षतिपूर्ति तिराएर काम लगाउन सकिने बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : ४५ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी