बलात्कार आरोपमा दुई जना पक्राउ « Khabarhub

बलात्कार आरोपमा दुई जना पक्राउ


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुर र झापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् ।

उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाइ फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ