काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’ | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकमा ‘फूड फेस्टिभल’


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परम्परागत खाना, संस्कृति–भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपामा बृहत् ‘काभ्रेपलाञ्चोक फूड फेस्टिभल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ सुरु गरिएको छ ।

दुई दिने उक्त कार्यक्रमअन्तर्गत बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भीमसेनस्थानसम्मको मार्गमा फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घद्वारा आयोजित फेस्टिभलको बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटाले बेलुन उडाएर संयुक्तरुपमा उद्घाटन गरे ।

सो अवसरमा विभिन्न झाँकी प्रस्तुत गरिएको छ । फेस्टिभलमा करिव ५० स्टलमा विभिन्न प्रकारका नेवारीलगायत खानेकुरा राखिएको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका जिल्लाध्यक्ष श्यामकुमार भालुले बताए ।

दुई सङ्घले असोज महिनादेखि संयुक्तरुपमा जिल्लामा हरेक महिना ‘फूड फेस्टिवल’ आयोजना गर्ने जनाएको छ । “बनेपाको यस फूड फेस्टिभल कार्यक्रम सकेपछि असोजमामा अर्को स्थानमा गर्नका लागि संयुक्तरुपमा योजना बनाउनेछौँ”, भालुले भने । उनका अनुसार जिल्लाको अन्य स्थानमा गरिने फूड फेस्टिभलमा बनेपामा गरिएकै प्रकृतिको कार्यक्रम गरिने छ ।

विशेषतः जिल्लाका मुख्य सहर तथा बजारमा गरिने कार्यक्रममा स्थान विशेष मौसम, तापक्रमका एवं मागका आधारमा रैथाने खाद्यान्नको परिकार व्यवस्थापन गरिने जनाइएको छ । सङ्घमा काभ्रेपलाञ्चोकको दुई सय होटल तथा रेष्टुराँ र ७० पार्टी प्यालेस आबद्ध छन् ।

यसैगरी आउँदो असोज १९ गतेदेखि १६ दिन बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करणको आयोजना गरिने भएको छ ।

बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेलामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन, खेलकुद विकास गर्ने उद्देश्य राखिएको छ । उक्त मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय स्टल रहने जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ०७ बजे

युक्रेनले पायो नयाँ प्रधानमन्त्री

एजेन्सी – युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

काठमाडौं – स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति