स्रोत नखुलेको ९ लाख नगदसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ९ लाख नगदसहित एक जना पक्राउ


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रुपैयाँ नगदसहित विराटनगर महानगरपालिका-१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन्। 

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर-१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो। प्रदेश १-०२-०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरीलाई खानतलासी गर्दा सिटमुनि नगद फेला परेको जनाएको छ। 

थप अनुसन्धानको लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ। 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन