बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार « Khabarhub

बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

टक्सार– पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला हो । यहाँ आउने र जाने जो सुकै कार्यालय तथा सङ्घसंस्थाका कर्मचारीलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गरिने प्रचलन छ । 

व्यवसायीको छाता संस्था उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लामा आउने अतिथि तथा विभिन्न निकायका प्रमुखलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने प्रचलन नै बनाएको कार्यालय सचिव मीना कार्कीले बताए । भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला भएको बताउँदै कार्कीले भने, ‘भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी, यसले नेपालमा मात्र होइन विदेशमा पनि ख्याति कमाएको छ, उद्योग वाणिज्य सङ्घले त स्वागत र बिदाइमा नै खुकुरी उपहार दिन्छ ।’

जिल्लामा स्वागत तथा बिदाइमा मात्र नभएर कर्मचारीले आफूलाई प्रयोग गर्न र साथीका लागि भोजपुरे खुकरी किन्ने गरेको वर्षौंदेखि सदरमुकाममा खुकुरीको व्यवसाय गर्दै आएका उर्मिला आरण उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताए। ‘विगतमा द्वन्द्वका कारण केही समय खुकुरी उद्योगहरू पनि धराशायी बनेको थियो तर अहिले व्यवसाय सहजरूपमा सञ्चालन आएको छ’, उनले भने ।

भोजपुरमा बाहिरबाट घुम्न आउनेले ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नि १’ भन्दै सोध्ने गरेको बताउँदै व्यवसायी श्रेष्ठले भने, ‘कुनै कार्यालयमा कर्मचारीको सरुवा हुँदा खुकुरीको नै माग आउने गरेको छ । खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगडको अभावका कारण समस्या भने देखिने गरेको छ । सजावटका लागि यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायतमा पनि ढुवानी हुने गरेको छ । 

सरकारी कार्यालयमा माथिल्लो निकायबाट अनुगमन तथा निरीक्षणका साथै लेखा परीक्षणमा आउने कर्मचारीलाई पनि बिदाइका क्रममा भोजपुरे खुकुरी दिएर बिदाइ गर्ने गरिएको छ । कर्मचारी मिलन केन्द्रका सचिव प्रकाश खड्का केन्द्रबाट हुने हरेको बिदाइमा भोजपुरे खुकुरी नै उपहारस्वरूप दिइने गरिएको बताए। खड्काले भने, ‘हामी त अन्य सामाग्री प्रयोग गर्दैनौँ, कार्यालय प्रमुख तथा कर्मचारीहरूका लागि प्रसिद्धि पाएको भोजपुरे खुकुरी नै दिन्छौँ ।’

भोजपुरमा विसं १९६५ देखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिएको बताइन्छ । उनको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।  

जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाट खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरूपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ४१ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका