उच्च अधिकारीहरूको सम्पत्तिमा पारदर्शिताको लागि युक्रेनी नागरिकको आग्रह « Khabarhub

उच्च अधिकारीहरूको सम्पत्तिमा पारदर्शिताको लागि युक्रेनी नागरिकको आग्रह


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनका दशौं हजार नागरिकले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अधिकारीहरूको सम्पत्तिको अनलाइन घोषणामा सार्वजनिक पहुँच सुनिश्चित गर्न माग गर्दै एक निवेदनमा हस्ताक्षर गरेका छन् ।

सार्वजनिक व्यक्तित्वहरूलाई गिरफ्तार गर्ने वा बर्खास्त गर्ने थुप्रै भ्रष्टाचार प्रकरणबीच यो आक्रोश आएको छ ।

युक्रेनी राष्ट्रपतिको वेबसाइटमा राखिएको निवेदनमा भनिएको छ, “अहिले युक्रेनी नागरिकसँग सरकारी सम्पत्ती लुकाउनु भनेको देशमा भएको सम्पूर्ण भ्रष्टाचारलाई ढाकछोप गर्नु हो ।”

बुधबार प्रकाशित उक्त निवेदनमा ८३ हजारभन्दा बढी मत प्राप्त भइसकेको छ, जसमा राष्ट्रपतिले विचार गर्नुपर्ने २५ हजार सङ्ख्याको ‘थ्रेसहोल्ड’ पार भएकोे छ ।

यस याचिकामा राष्ट्रपतिले यसै हप्ता दोस्रो पटक संसदले पारित गरेको कानूनको मस्यौदामा भिटो लगाउन आग्रह गरिएको छ, जसले अधिकारीहरूको लागि अनिवार्य इलेक्ट्रोनिक सम्पत्ति घोषणालाई पुनः स्थापित गर्नेछ । तर उनीहरूलाई अर्को एक वर्षको लागि सार्वजनिक आँखाबाट टाढा राख्नेछ ।

निवेदनमा भनिएको छ, “नागरिक र पत्रकारहरू अधिकारीहरूको कार्यको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्धको मुख्य सुरक्षा कवचबाट बञ्चित भएका छन् ।”

कीएभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजीले जुलाईको अन्त्यमा सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार ८९ प्रतिशत युक्रेनी नागरिकले भ्रष्टाचारलाई गम्भीर समस्या मानेका छन् ।

युक्रेनी गैरसरकारी संस्था भ्रष्टाचारविरूद्धको प्रतिकार्य केन्द्रले भनेको छ, “यो कानुनले जनता र पत्रकारलाई अधिकारीहरूलाई नियन्त्रण गर्न अनुमति दिनेछैन ।”

हालैका महिनाहरूमा धेरै भ्रष्टाचारका काण्डहरूले रक्षा मन्त्रालयलाई प्रभावित बनाएको छ । यसै प्रकरणसँग नाम जोर्डिपछि रक्षामन्त्री ओलेक्सी रेजनिकोभले राजीनामा दिएका छन् ।

गत बिहीबार अर्बपति व्यवसायी इगोर कोलोमोइस्कीलाई युक्रेनको भ्रष्टाचार विरोधी निकायले आफूले स्थापना गरेको बैंकबाट रकम हिनामिना गरेको आरोप लगाएको थियो । गत वर्षको फेब्रुअरीमा रूसले आक्रमण गरेयता जेलेन्स्कीले युक्रेनमा भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : २७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी