केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा | Khabarhub Khabarhub

केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय नेतालाई प्रशिक्षण दिइरहेको छ । जसपाले सङ्गठन विस्तार, पुनःगठन र रूपान्तरणका साथै नेतालाई प्रशिक्षित गर्ने कामलाई भदौ महिनादेखि अभियानका रूपमा सञ्चालन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पालिका समितिदेखि प्रदेश समितिसम्मले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका तथा प्रशिक्षणमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य र सङ्घीय परिषद् सदस्य प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।

यसका अतिरिक्त प्रदेश र स्थानीय तहका तोकिएका अगुवा कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी रहेका सो पार्टीले जनाएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र पार्टीको मूल नारा सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिने गरिएको बताइएको छ । काठमाडौँमा भदौ २२ गते, यसैगरी भदौ २२ र २३ गते उदयपुरमा, विराटनगरमा २६ गते केन्द्रीय तहका नेतासहितको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

उनका अनुसार केही प्रदेश सङ्गठन पुनःगठन कार्य सम्पन्न भएलगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दैछन् । प्रशिक्षण, अभिमुखीकरण, सङ्गठन पुनःगठन र रूपान्तरण गरी कात्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने जसपाले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ३६ बजे

सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ

इटहरी- सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

समाचार संकलनका लागि सिंहदरबारमा खटिएका सञ्चारकर्मीमाथि प्रहरीद्वारा दुर्व्यवहार र हातपात

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनको समाचार संकलनका

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गर्ने विद्यार्थी सिंहदरबारबाट पक्राउ

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन ११ वटा पकेट क्षेत्र बनाउने तयारी छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने

रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ- रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्