ताप्लेजुङमा प्रहरीविरुद्ध विरोध प्रर्दशन | Khabarhub Khabarhub

ताप्लेजुङमा प्रहरीविरुद्ध विरोध प्रर्दशन


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीद्वारा नै आक्रमण भएको भन्दै सुरक्षा निकायका विरुद्ध उनीहरूले प्रर्दशन गरेका हुन् ।

तरुण दल र नेविसङ्घ ताप्लेजुङको अगुवाइमा दिउँसो मध्याह्नपछि पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो । प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा र लाठी प्रहार गरेका थिए । प्रहरी कार्यालयअघि प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअघि कोणसभा समेत गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूमाथि प्रहरीले नियोजितरूपमा आक्रमणको प्रयास गरेको बताए ।

सुरक्षार्थ खटिने प्रहरीले जनप्रतिनिधिमाथि नै आक्रमणको प्रयास गर्नुले प्रहरीप्रति सर्वसाधारण नागरिकको विश्वास र भरोसा गुमेको उनको जिकिर थियो । सदरमुकाममा लागेको मिनिमेलालगायतका विभिन्न कार्यक्रमबाट प्रनाउ लिम्बूले पैसा लिएको उनले आरोप समेत लगाए । पाथीभरा क्षेत्रका यातायात व्यवसायीबाट समेत पैसा असुल्ने गरेको उनको भनाइ थियो । यस्तै कांग्रेस सभापति गजेन्द्र तुम्याहाङले कांग्रेस पार्टीका विरुद्ध नै प्रहरी नियोजितरूपमा प्रस्तुत भएको टिप्पणी गरे ।

गए राति प्रहरीको टोलीले हाङ्गाम निवास घेराउ गरी ढुङ्गा प्रहार गरेको साथै हाङ्गामलाई पेस्तोल तेर्स्याएको, अश्लील शब्द प्र्रयोग गरी गालीगलौज गरेको तरुण दलको दाबी छ । मध्यरातमा सामाजिक सञ्जालमा सार्वजानिक भएको भिडयोमा प्रहरीले हाङ्गाम निवासको गेटमा लात्ती प्रहार गरेको देखिन्छ भने सादा पोसाकमा रहेका एक जनाले ढुङ्गा प्रहार गरेको देखिन्छ ।

यता प्रहरीले भने बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा उल्टै प्रहरीमाथि गालीगलौज भएपछि विवाद सिर्जना भएको जनाएको छ । मिनिमेला लागिरहेको गेटबाहिर भएको उक्त विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । उनका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो । हाङ्गाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको उनको भनाइ छ ।

उक्त घटनाको विरोधमा नेपाल तरुण दल केन्द्रीय समिति, जिल्ला स्थित नेपाली कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : १७ बजे

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर