मानव बेचबिखनको आरोपमा एक जना पक्राउ « Khabarhub

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन् । पूर्वी रुकुम घर भई हाल अमेरिकाको टेक्सासमा रहेका अमेरिकी नागरिकता लिएका ५२ वर्षीय मुदुल भन्ने हस्त गौतम पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको जनाइएको छ । गौतमले पर्यटक भिसाको चरम दुरुपयोग गर्दै हालसम्म दुई सय जना नेपाली नागरिकलाई अमेरिका पठाइसकेको, दुई करोडभन्दा बढी रकम ठगेको र १२ जना नेपालीलाई अमेरिका पठाइदिने आश्वासनमा विभिन्न मुलुकमा पठाएर अलपत्र पारेको खुल्न आएको छ ।

गौतमले विभिन्न प्रलोभन देखाउँदै अमेरिका पठाउने नाममा नेपाली नागरिकलाई युएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत मुलुक पुर्याएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ३१ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि