कुखुरा पहिले कि अण्डा पहिले ? « Khabarhub

कुखुरा पहिले कि अण्डा पहिले ?


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०० आसपासमा यो प्रश्न सर्वप्रथम सोधेको इतिहासमा पाइन्छ । त्यसयता धेरैले यस प्रश्नको जवाफ दिने प्रयास गरेका छन् ।

पृथ्वीमा कुखुराको क्रमविकास हुनुअघि अस्तित्वमा रहेका अन्य जीवहरूले अण्डा पार्ने गरेको र त्यसबाट बच्चा कोरल्ने गरेको वैज्ञानिकहरू बताउँछन् । 

लाखौँ वर्षअघि कुखुराजस्ता चराहरू सर्प र छेपारोजस्ता सरिसृपबाट क्रमविकास भएको विश्वास गरिन्छ । त्यसैगरी, दशौँ लाख वर्षअघि भ्यागुताजस्ता उभयचरबाट सरिसृपको क्रमविकास भएको वैज्ञानिकहरू बताउँछन् । अधिकांश सरिसृप र उभयचरले हालसम्म पनि अण्डा पार्ने आफ्नो गुण गुमाइसकेका छैनन् ।

पृथ्वीको समुद्रमा सर्वप्रथम अस्तित्वमा रहेका बहुकोषीय जीवले अण्डा पार्ने गरेका थिए । ती बहुकोषीय जीवहरु पनि क्रमविकास भई जमिनमा आउने बेला पनि अण्डा पार्न पानीमै पुग्ने गरेका थिए । तर, क्रमविकासका क्रममा यस्ता जनावरको अण्डाभित्रै तरल पदार्थको विकास भई ती जनावरलाई अण्डा पार्न पानीमा जानुपर्ने बाध्यता हटेको थियो ।

पछि विकसित भएका जीवहरूले भने शरीरभित्रै अण्डा उत्पादन गर्ने विशेषता प्राप्त गरे । सोहीअनुसार स्तनधारी जनावरको अण्डा शरीरभित्रै उत्पादन हुने गरेको छ ।

सर्वप्रथम अण्डाको विकास आजभन्दा २४ करोड वर्षअघि भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ । यद्यपि हालसम्म फेला परेको सबैभन्दा पुरानो अण्डाको अवशेष भने ट्रायासिक भनिने युग अर्थात् आजभन्दा १९ करोड ५० लाखदेखि २० करोड वर्षअघिको साउरोपोड्स नामक डायनासोरको अण्डाको अवशेष फेला परेको छ ।

मानव जातिले आजभन्दा १० हजार वर्षअघि दक्षिण एवम् दक्षिणपूर्वी एसियामा आधुनिक कुखुरालाई घरपालुवा बनाएको वैज्ञानिकहरू विश्वास गर्छन् । यद्यपि अणुवांशिक विश्लेषणबाट जंगली कुखुराको क्रमविकास ५८ हजार वर्षअघि नै भइसकेको साइन्स नामक जर्नलमा उल्लेख छ । 

यसअनुसार कुखुराको अस्तित्व आजभन्दा करिब ५८ हजार वर्षअघि र अण्डाको अस्तित्व करोडौँ वर्षअघि रहेकोबाट कुखुराभन्दा अघि अण्डाको उत्पत्ति भएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र