कुखुरा पहिले कि अण्डा पहिले ? « Khabarhub

कुखुरा पहिले कि अण्डा पहिले ?


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०० आसपासमा यो प्रश्न सर्वप्रथम सोधेको इतिहासमा पाइन्छ । त्यसयता धेरैले यस प्रश्नको जवाफ दिने प्रयास गरेका छन् ।

पृथ्वीमा कुखुराको क्रमविकास हुनुअघि अस्तित्वमा रहेका अन्य जीवहरूले अण्डा पार्ने गरेको र त्यसबाट बच्चा कोरल्ने गरेको वैज्ञानिकहरू बताउँछन् । 

लाखौँ वर्षअघि कुखुराजस्ता चराहरू सर्प र छेपारोजस्ता सरिसृपबाट क्रमविकास भएको विश्वास गरिन्छ । त्यसैगरी, दशौँ लाख वर्षअघि भ्यागुताजस्ता उभयचरबाट सरिसृपको क्रमविकास भएको वैज्ञानिकहरू बताउँछन् । अधिकांश सरिसृपउभयचरले हालसम्म पनि अण्डा पार्ने आफ्नो गुण गुमाइसकेका छैनन् ।

पृथ्वीको समुद्रमा सर्वप्रथम अस्तित्वमा रहेका बहुकोषीय जीवले अण्डा पार्ने गरेका थिए । ती बहुकोषीय जीवहरु पनि क्रमविकास भई जमिनमा आउने बेला पनि अण्डा पार्न पानीमै पुग्ने गरेका थिए । तर, क्रमविकासका क्रममा यस्ता जनावरको अण्डाभित्रै तरल पदार्थको विकास भई ती जनावरलाई अण्डा पार्न पानीमा जानुपर्ने बाध्यता हटेको थियो ।

पछि विकसित भएका जीवहरूले भने शरीरभित्रै अण्डा उत्पादन गर्ने विशेषता प्राप्त गरे । सोहीअनुसार स्तनधारी जनावरको अण्डा शरीरभित्रै उत्पादन हुने गरेको छ ।

सर्वप्रथम अण्डाको विकास आजभन्दा २४ करोड वर्षअघि भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ । यद्यपि हालसम्म फेला परेको सबैभन्दा पुरानो अण्डाको अवशेष भने ट्रायासिक भनिने युग अर्थात् आजभन्दा १९ करोड ५० लाखदेखि २० करोड वर्षअघिको साउरोपोड्स नामक डायनासोरको अण्डाको अवशेष फेला परेको छ ।

मानव जातिले आजभन्दा १० हजार वर्षअघि दक्षिण एवम् दक्षिणपूर्वी एसियामा आधुनिक कुखुरालाई घरपालुवा बनाएको वैज्ञानिकहरू विश्वास गर्छन् । यद्यपि अणुवांशिक विश्लेषणबाट जंगली कुखुराको क्रमविकास ५८ हजार वर्षअघि नै भइसकेको साइन्स नामक जर्नलमा उल्लेख छ । 

यसअनुसार कुखुराको अस्तित्व आजभन्दा करिब ५८ हजार वर्षअघि र अण्डाको अस्तित्व करोडौँ वर्षअघि रहेकोबाट कुखुराभन्दा अघि अण्डाको उत्पत्ति भएको स्पष्ट हुन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : १० बजे

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ

टुकुचा खोल्ने नाममा बागबजारको सडक भत्कियो, तीन दिनदेखि सडक अस्तव्यस्त

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा तीन दिनअघि टुकुचा खोला खुलाउने

दश जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल

खोटाङ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित