नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै | Khabarhub Khabarhub

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको मध्याह्न २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीका अनुसार प्रदेशस्तरीय प्रथम अधिवेशनका लागि नौ वटै जिल्लाका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् ।

ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू अधिवेशनको उद्घाटनमा सहभागी हुनेछन्। 

अधिवेशनमा प्रदेश अन्तर्गत ९ जिल्लाका ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। उनले आज उद्घाटन सत्र सकिएपछि साँझबाट बन्दसत्र सुरु हुने र सोमबारबाट नेतृत्व चयन प्रक्रिया आरम्भ हुने जानकारी दिए।

सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहले आकांक्षा राखेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ३२ बजे

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना

बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा अस्पतालमा भर्ना

हेटौँडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा

बिक्री भएन झापाका डेरीको घ्यू

झापा- दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा

यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ