नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै « Khabarhub

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको मध्याह्न २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीका अनुसार प्रदेशस्तरीय प्रथम अधिवेशनका लागि नौ वटै जिल्लाका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् ।

ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू अधिवेशनको उद्घाटनमा सहभागी हुनेछन्। 

अधिवेशनमा प्रदेश अन्तर्गत ९ जिल्लाका ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। उनले आज उद्घाटन सत्र सकिएपछि साँझबाट बन्दसत्र सुरु हुने र सोमबारबाट नेतृत्व चयन प्रक्रिया आरम्भ हुने जानकारी दिए।

सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहले आकांक्षा राखेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ३२ बजे

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये