बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री | Khabarhub Khabarhub

बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन् ।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आज काठमाडौँमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताए ।

उनले बीआरआई नेपालका लागि अवसर भए पनि परियोजनाका केही अप्ठ्यारा नीतिगत व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले यसका लागि छिमेकी चीन तयार हुनुपर्ने स्पष्ट पारे । उनले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्ने बताए ।

प्रधानमन्त्री दाहालले चीन, नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको उल्लेख गरे । उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै उनले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए । प्रधानमन्त्री दाहालले डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसकेको बताए । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ११ बजे

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ

लुम्बिनीमा बुद्ध जयन्तीको विशेष कार्यक्रम, प्रधानमन्त्री ओली पनि सहभागी हुने

लुम्बिनी– भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

मुस्ताङ– नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य