बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री « Khabarhub

बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन् ।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आज काठमाडौँमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताए ।

उनले बीआरआई नेपालका लागि अवसर भए पनि परियोजनाका केही अप्ठ्यारा नीतिगत व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले यसका लागि छिमेकी चीन तयार हुनुपर्ने स्पष्ट पारे । उनले बीआरआईको वित्तीय लगानी मोडलको विषयमा अझै मसिनो ढंगले छलफल गर्ने बताए ।

प्रधानमन्त्री दाहालले चीन, नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको उल्लेख गरे । उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै उनले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए । प्रधानमन्त्री दाहालले डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसकेको बताए । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ११ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर