राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने | Khabarhub Khabarhub

राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैँकले यस वर्षको दशैँ, तिहार तथा छठ पर्वका लागि यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।

दशैँ, तिहार र छठलाई लक्ष्य गरी घटस्थापना (असोज २८) को भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ ।

अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको राष्ट्र बैँकले जनाएको छ । पहिलो चरणमा वाणिज्य बैँकहरूलाई मागनुसार राष्ट्र बैङ्कले नयाँ नोट दिने गरेको छ । 

राष्ट्र बैँकले अघिल्ला वर्षमा झैँ यस वर्ष पनि व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’