किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी « Khabarhub

किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताए ।

गाउँमा किवी खेतीका लागि सम्भावना राम्रो देखिएपछि अहिले समूह तथा व्यक्तिगत रुपमा नै किवी खेती थालिएको छ । किवी खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउन आँधीखोला गाउँपालिका र १ नं वडा कार्यालयले किवीका बिरुवा उपलब्ध गराएको उनले बताए ।

‘कोदो रोप्दै आएको जमिन र बाँझो जमिनमा गत वर्ष तीन सय किवीका बिरुवा रोपिएको छ’, उनले भने, ‘किवीका लागि यहाँको हावापानी उपयुक्त हुनाका साथै बाँदरले पनि नष्ट नगर्ने भएकाले पछिल्लो समय किवी खेतीतर्फ आकर्षण बढ्दो छ ।’ थोरै थोरै बिरुवा लगाएर थालनी गरेका यहाँका किसानले आगामी वर्ष थप बिरुवा लगाउने गरी तयारी गरेका उनले बताए।

‘मैले गत वर्ष ५० बिरुवा लगाएको छु, राम्रो भएको छ’, उनले भने, ‘बाँझो रहेको अरू जग्गामा पनि थप बिरुवा लगाउँछु, यहाँ मजस्तै अरू किसानहरुले पनि व्यावसायिक रुपमा किवी खेती गर्ने मनसाय गर्नुभएको छ ।’ कोदो रोप्दै आएको जमिनमा तीन वर्षअघि परीक्षणका लागि २० किवीका बिरुवा ल्याएर लगाएको स्थानीय दीपक गुरुङ बताउँछन् । 

तीन वर्षअघि लगाएका बिरुवाबाट हाल उत्पादन राम्रो भएकाले यहाँका स्थानीयहरुले यो खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै गरेको गुरुङले बताए। ‘गाउँमा कोदो रोप्दै गरेको जमिन र बाँझो जमिनमा कस्तो हुँदोरहेछ भनेर काभ्रेबाट मगाएर तीन वर्षअघि किवीका बिरुवा लगाएँ’, उनले भ, ‘किवीका लागि हाम्रो ठाउँको हावापानी अनुकूल भयो र राम्रो उत्पादन भयो ।’

किवीसम्बन्धी केही पनि जानकारी नभई लगाएको खेतीबाट उत्पादन राम्रो भएपछि स्थानीय तथा आफ्ना आफन्तहरूलाई कोसेलीस्वरुप दिने गरेको उहाँले बताए। गाउँबाट बसाइँ सर्ने दर बढ्दै जाँदा गाउँ रित्तो हुँदै गएको उनले बताए। उनका अनुसार गाउँबाट ३० घर पोखरा र सात घर काठमाडौँमा बस्दै आएका छन् । पोखरामा बस्दै आएका गुरुङले गाउँमा रहेको जमिनमा परीक्षणका रुपमा लगाएको किवीबाट उत्पादन राम्रो भएसँगै स्थानीयलाई सिकाइ र अनुभव लिने अवसर मिलेको छ ।

‘मैले कस्तो हुँदोरैछ, गाउँको हावापानीमा किवी हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न लगाएको थिएँ, व्यावसायिक रुपमा गरेको थिएन’, उनले भने, ‘जब फसल राम्रो भयो तब जोस र जाँगर बढेर आयो, अब बिस्तारै गाउँमा नै फर्केर किवी खेतीलाई व्यावसायिक रुपमा लैजान पर्छ कि भन्ने सोचाइमा छु ।’

सैद्धान्तिक ज्ञान भए पनि किवी खेती व्यावसायिक रुपमा गर्नका लागि प्रयोगात्मक ज्ञान भने अझै कमी रहेकाले यसको खोजीमा रहेको उनले बताए । बेझाङ समुद्र सतहदेखि एक हजार चार सयदेखि एक हजार पाँच सय मिटरको उचाइ रहेकाले यहाँ किवीका लागि आवश्यक पर्ने हावापानी भएको उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ४७ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वाग्मती– पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट

जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव 

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम

कुलमानले ल्याएको सडक मर्मत एम्बुलेन्सले कसरी गर्छ काम ?

काठमाडौं – काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा