पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा « Khabarhub

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दमौली– सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । 

सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको प्रयासमा राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। उनका अनुसार विपद् व्यवस्थापन प्रहरी टोल, स्थानीय पालिका र चिनियाँ कम्पनीसँगको सहकार्यबाट पहिरो हटाइएको हो । 

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध थियो । राजमार्ग विस्तारका क्रममा भित्ता खारिँदा उक्त खण्ड पहिरोको जोखिममा रहँदै आएको छ । उक्त ठाउँमा यसअघि पनि पटक-पटक पहिरो गइरहेको छ ।

प्रहरीले पहिरोले सडक अवरुद्ध भएको अवस्थामा तनहुँ हुँदै कास्कीतर्फ जाने सानाठूला तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रुपमा दमौली भोर्लेटार चोकबाट कलेस्ती-पोल्याङ-कास्कीतर्फ पठाउने गरेको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ५३ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट