अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ हजारभन्दा धेरै « Khabarhub

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ हजारभन्दा धेरै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काबुल- पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ ।

शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा रहेको थियो ।

“दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने ।

उनले एएफपीसँग भने, “मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।”

जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौं घरहरू भत्किएको पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । उनले भने “अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।”

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११ः०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए । “सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,” उनले भने ।

शनिबार स्थानीय र घटनास्थल वरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, “अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।”

डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।

हेरात शहरमा पहिलो भूकम्पको धक्का महशुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।

युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ५८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित