इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसदलाई जानकारी | Khabarhub Khabarhub

इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसदलाई जानकारी


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन् ।

नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन् ।

‘नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौँको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ’, परराष्ट्रमन्त्री साउदले भने। 

उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ छ । इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत छन् । त्यस्तै, दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिए। 

इजराइलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको पनि उनले संसद्मा बताए। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएर परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय रहनेगरी समन्वय समिति गठन गरेका छन् । उक्त समितिले घटनाको वस्तुस्थिति बुझ्ने र घटनाको समग्र मूल्यांकन गरेर इजराइलमा रहेका नेपालीहरुको अवस्था पहिचान गर्ने र उद्धार गर्नुपर्ने अवस्थाका लागि समेत कार्यादेश पाएको पनि मन्त्री साउदले बताए ।

दक्षिणी इजराइलमा भएको आक्रमणको जानकारी आएलगत्तै परराष्ट्र मन्त्रालयले इजराइलस्थित नेपाली राजदूतावासलाई आवश्यक उद्धार, सहजीकरण र समन्वय र त्यहाँ रहेका नेपालीका वस्तुस्थितिबारे यकिन जानकारी लिन निर्देशन दिएको पनि उनको भनाइ छ । त्यस्तै, इजराइल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।

जल, हवाई र स्थलमार्गबाट हमास लडाकु इजराइलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको र त्यहाँका नागरिक बन्धक बनाउने गतिविधि भएको बुझिएको पनि मन्त्री साउदले संसद्मा बताए ।

 त्यस्तै, इजराइलको तर्फबाट जवाफी कारबाही हुँदा गाजा क्षेत्रमा क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ५५ बजे

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

नेविसंघको प्रश्न : केपी बा च्या खानु’भो ? रवि दाइ खोइ जीबी राई ? (तस्बिरहरू)

काठमाडौं- सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

पर्सा– मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका

किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा

काठमाडौं– सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा

कचनकवलमा अतिविपन्न परिवारको स्वास्थ्य बीमा

झापा– झापाको कचनकवल गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा