ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै « Khabarhub

ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो । 

जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगतरुपले १८९दशमलव छ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो । उक्त कार्यालयका निमित्त प्रमुख बद्रीप्रसाद साहका अनुसार वन आवादी जोडिएको सिमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ । 

सन्ताननब्बे हजार छ सय ११दशमलव ३६ हेक्टर वन क्षेत्र रहेकामा १३ हजार १६८दशमलव ९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमापर्छ भने सामुदायिक वनभित्र नौ हजार ७३७ दशमलव ८५ हेक्टर वनक्षेत्र पर्छ । उक्त कार्यालयले प्रकाशित गरेको वार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिकाअनुसार फुङलिङ नगरपालिका– १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाका गरी २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन स्थानीय तीन हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । मेरिङदेन गाउँपालिका—२ स्थित गुराँसे पोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणमा शून्य दशमलव पाँच हेक्टर र मैवाखोलागाउँपालिका—४ र ५ को तिनजुरे–मिल्के–जलजले९टिएमजे०क्षेत्रमा भ्यूटावरलगायत संरचना निर्माण तथा स्थानीयवासीद्वारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

स्थानीय तहमा पसल, व्यवसाय, गोठ आदि कार्यका लागि १०५दशमलव पाँच  हेक्टर र सिदिङ्वा गाउँपालिका-१ स्थित तिम्बुङ पोखरी क्षेत्रमा होमस्टे तथा आवास निर्माण गर्न दुई हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वनकार्यालयले जनाएको छ । 

वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएको त्यहाँका निमित्त प्रमुख साहले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ४३ बजे

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको