इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमणको तयारी, सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ « Khabarhub

इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमणको तयारी, सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ ।

परिषदले आइतबार ‘अपरेसन स्वर्ड्स अफ आइरन’ नामक सुरक्षा कारवाहीलाई आक्रमणको चरणमा लैजान र ‘हमास र प्यालेस्टाइनी इस्लामिक जिहाद समूहको सैन्य एवम् शासन गर्ने क्षमतालाई ध्वस्त पार्ने अभियान’ का लागि तयारी गर्न इजरायली रक्षा बललाई निर्देशनसमेत दिएको छ ।

‘निर्दयी हमासको आक्रमणसँगै हामी लामो र कठिन युद्धको अवस्थामा छौँ ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उद्धृत गर्दै इजरायली सञ्चार माध्यमले जनाएका छन्, ‘हामीले इजरायली नागरिकको सुरक्षाको पुनस्थापना गर्नेछौँ र हामी जित्नेछौँ ।’

आफ्नो भूभागमा घुसपैठ गरेका दुश्मन लडाकुलाई ध्वस्त पार्ने यस युद्धको पहिलो चरण सकिएको उनको भनाइ छ । यससँगै आक्रमणको चरण सुरु भएको उनको भनाइ छ ।

आक्रमणका लागि चार बटालियन जगेडा सैनिकलाई गाजासँगको सीमा क्षेत्रमा तैनाथ गरिने इजरायली सेनाले जनाएको छ । यसअघि सो क्षेत्रमा ३५ बटालियन सैनिक तैनाथ छन् ।

यससँगै परिषदले गाजा क्षेत्रमा विद्युत, इन्धन र अन्य वस्तुको आपूर्ति तत्काल रोक्ने निर्णयसमेत गरेको छ । शनिबारबाट प्यालेस्टाइनी लडाकु समूहले आक्रमण गरेसँगै इजरायलले यस्तो निर्णय गरेको हो । उक्त आक्रमणमा हालसम्म ३५० जना इजरायली नागरिकको मृत्यु भइसकेको र अरु १८ सय जना घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : १५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि